logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    1.3K
    SHARES
    हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा क्यापिटलको केन्द्रीय कार्यालय का.म.न.पा, कमलादी २८, काठमाण्डौमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।



     

     

    साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८१ /८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहक महानुभावहरु र सरोकारवालाहरुलाई वहाँहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार व्यक्त गरे ।

     

    संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

     

     

    हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहर ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट