काठमाण्डौ । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस ३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। यो कम्पनी कालिन्चोक दर्शन लिमिटेडको सहायक कम्पनी हो । कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी हुन्।
कम्पनीले विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ । कम्पनीले करिब ६० रोपनी जग्गा खरिद गरिसकेको र अझै खरिद गर्ने तयारीमा छ।कालिन्चोक दर्शनले यो सहायक कम्पनी मार्फत इलामको सानो पाथिभरा मन्दिरमा केबलकार निर्माण गर्ने योजना बनाएको छ।
अर्थ चौतारी ।