logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारको मनोनयन

    राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारको मनोनयन

    793
    SHARES
    राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारको मनोनयन

    काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १९ सदस्यमध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।



    कार्यकाल सकिन लागेका एक सदस्यको नियुक्ति भने सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संवैधानिक व्यवस्था छ। आयोगले यही पुस १९ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको छ।

    मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी आयोगले आज अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

    आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

    आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ।

    राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार