काठमाण्डाै । सोलु हाइड्रोपावर लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले बुधबार शेयर बाँडफाँड गरेको हो।कम्पनीले मङ्सिर ७ गतेदेखि आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयलाई १ करोड कित्ता शेयर निष्काशन गरेको थियो। आयोजना प्रभावितलाई अति प्रभावित, प्रभावित , र अन्य जिल्लावासी गरि ३ वर्गमा छुट्याईएको थियो।
अति प्रभावितलाई ४० लाख कित्ता शेयर निष्काशन गरिएको थियो। यस समूहमा कुल ७ हजार ८६ जनाले आवेदन दिएकोमा ७ हजार ६३ जनाको आवेदन मात्र योग्य भएको छ। जसमा ४० कित्ता देखि ७ सय कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । ७५० देखि ३० हजार कित्ताको लागि आवेदन दिने ३७ सय ३२ जनाले समान ७४० किटा शेयर पाएका छन् । बाँकि रहेको शेयरलाई ३७ सय ३२ जना माझ गोलाप्रथाबाट बाँडफाँड गर्दा २ हजार ७ सय ९९ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा अति प्रभावित समूहमा लगानीकर्ताले अधिकतम ७५० कित्ता सम्म शेयर पाएका छन् ।
कम्पनीले प्रभावित समूहमा रहेका लाई ३५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस समूहमा कुल १७ हजार १ सय ४५ जनाले आवेदन दिएकोमा १५ हजार ९२ जनाको आवेदन मात्र योग्य भएको छ। जसमा १० कित्ता देखि २३० कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । २४० देखि १५ हजार कित्ताको लागि आवेदन दिने ११ सय ७ सय ५२ जनाले समान २३० कित्ता शेयर पाएका छन् । बाँकि रहेको शेयरलाई ११ हजार ७ सय ५२ जना माझ गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ सय ५४ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा प्रभावित समूहमा लगानीकर्ताले अधिकतम २४० कित्ता सम्म शेयर पाएका छन् ।
कम्पनीले अन्य जिल्लावासीलाई २५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस समूहमा कुल २६ हजार ४ जनाले आवेदन दिएकोमा २५ हजार ८ सय ९६ जनाको आवेदन मात्र योग्य भएको छ। जसमा १० कित्ता देखि १०० कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । ११० देखि २० हजार ५ सय कित्ताको लागि आवेदन दिने १५ सय ९ सय १८ जनाले समान १०० कित्ता शेयर पाएका छन् । बाँकि रहेको शेयरलाई १५ हजार ९ सय १८ जना माझ गोलाप्रथाबाट बाँडफाँड गर्दा २२ सय ३९ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा अन्य जिल्लावासी समूहमा लगानीकर्ताले अधिकतम ११० कित्ता सम्म शेयर पाएका छन् ।
कम्पनीले अब पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।
यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् । को हो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।
यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।
अर्थ चाैतारी ।