काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आवको लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।
बैठकले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय भएको कम्पनी सचिव ईश्वर कुमार सेढाईंले जानकारी दिए।
अर्थ चाैतारी ।