काठमाण्डौ । आज (मंगलबार) सुरुवाती मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को भन्दा घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाण्डौको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय काठमाण्डौको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८:४५ बजे घटेर सोमबार काठमाण्डौको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक मापन पनि अहिले सोही समयमा हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाण्डौसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
सोमबार यस्तो थियो तापक्रम विवरण

अर्थ चाैतारी ।