काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । आज पुस २९ गते कम्पनीले साधारणसभा सम्पन्न गरेको हो।
सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै सभाले सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरेको छ। सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/०८३ का लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गरेको छ।
कम्पनीले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
अर्थ चाैतारी ।