logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • गगन–विश्वप्रकाशलाई कांग्रेसले निष्कासित गरेसँगै विवाद अर्को चरणमा प्रवेश

    गगन–विश्वप्रकाशलाई कांग्रेसले निष्कासित गरेसँगै विवाद अर्को चरणमा प्रवेश

    2K
    SHARES
    गगन–विश्वप्रकाशलाई कांग्रेसले निष्कासित गरेसँगै विवाद अर्को चरणमा प्रवेश

    काठमाण्डौ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासित गर्ने निर्णय गरेसँगै विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।



    विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीलाई बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै कारबाही गरेको हो । यसका बाबजुद भृकुटीमण्डपमा गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ ।

    बहुमत महाधिवेशन प्रतिनिधि आफूसँग रहेको दाबी विशेष महाधिवेशन पक्षधरको छ । सोही आधारमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ ।

    यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वप्रकाशमाथि कारबाही गरेबाट संस्थापन पक्ष पनि ‘वारपार’कै मुडमा देखिएको प्रस्ट हुन्छ ।

    देउवा–खड्का नेतृत्वको संस्थापन पक्ष र गगन–विश्वप्रकाश नेतृत्वको विशेष महाधिवेशन पक्षबिच अब पार्टीको आधिकारिकता विवाद चर्किने सम्भावना देखिन्छ । यस्तो अवस्थामा अब निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी कानुनको आधारमा पार्टीको आधिकारिता विवाद निरुपण गर्नेछ ।

    यद्यपि, निर्वाचन आयोगले जसको पक्षमा फैसला गरे पनि अर्को पक्ष न्यायिक निरुपणका लागि सर्वोच्च अदालत जान सक्ने विकल्प बाँकी रहन्छ । त्यस अर्थमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद अब केही महिना लम्बिने सम्भावना रहेको जानकार बताउँछन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट