logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • १४.०४ प्रतिशतले घटाइयो बजेट, १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने अनुमान

    १४.०४ प्रतिशतले घटाइयो बजेट, १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने अनुमान

    988
    SHARES
    १४.०४ प्रतिशतले घटाइयो बजेट, १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने अनुमान

    काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार घटाएको छ। अर्धवार्षिक समीक्षाअनुसार सुरु विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने जनाएको हो।



    यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ कुल बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ।

    त्यसैगरी अर्धवार्षिक समीक्षाअनुसार ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्ने संशोधित लक्ष्य राखेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।

    ‘यो संशोधनले सरकारको वित्तीय अनुशासन र यथार्थवादी दृष्टिकोणलाई पुष्टि गर्छ’, उनले भने। खर्चको संशोधित संरचनाअनुसार चालूतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख अर्थात् विनियोजनको ९५.३४ प्रतिशत खर्च हुने अनुमान छ। पुँजीगततर्फ यस वर्ष २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख अर्थात् विनियोजनको ५९.६५ प्रतिशत खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ।

    वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख अर्थात् विनियोजनको ८५.०२ प्रतिशत खर्च अनुमान गरिएको छ।

    अर्थमन्त्री खनालका अनुसार सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सिर्जना भएको परिस्थितिलाई सम्बोधन गर्न सरकारले अनुत्पादक र तयारी नभएका साना आयोजनाको १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख विनियोजन स्थगन गर्ने र खरिद प्रक्रिया सुरु भई मन्त्रालयबाट औचित्य पुष्ट्याइँसहित अनुरोध गरेको ४२ अर्ब फुकुवा गरिएको छ।

    यसरी स्थगन गरिएको रकमलाई रणनीतिक महत्त्वका आयोजना, आन्दोलनमा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र अनिवार्य दायित्व भुक्तानीमा स्थानान्तरण गर्न थालिएको मन्त्रालयले जनाएको छ।

    चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा निवर्तमान सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए। यसमा चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको थियो।

    622617880_1414744516808253_4472477087523484245_n


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट