logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • महालक्ष्मी विकास बैंकको बिजचित्र प्रतियोगितामा को–को बने विजेता ?

    महालक्ष्मी विकास बैंकको बिजचित्र प्रतियोगितामा को–को बने विजेता ?

    520
    SHARES
    महालक्ष्मी विकास बैंकको बिजचित्र प्रतियोगितामा को–को बने विजेता ?

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।



    विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको उक्त प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष फागुन १ गते सफलतापूर्वक सम्पन्न भएको हो ।

    २०८२ साल भदौ ११ गतेदेखि असोज ३१ गतेसम्म स्थानीय साना तथा मझौला व्यवसाय झल्कने तस्बिरहरू आह्वान गरिएको थियो । सो अवधिमा विभिन्न फोटोग्राफरहरूबाट प्राप्त तस्बिरहरूमा स्थानीय उद्यम, व्यापार तथा समुदायसँग जोडिएका सकारात्मक सन्देशहरू समेटिएका थिए।

    प्रतियोगितामा समावेश तस्बिरमध्ये तीन सदस्यीय निर्णायक समितिले १५ उत्कृष्ट तस्बिर छनोट गरेको थियो । काठमाडौँमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रथम, द्वितीय, तृतीय तथा पब्लिक च्वाइस अवार्ड विजेतालाई सम्मान गरिएको हो ।

    प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य द्वितीय र देवानन्द पोख्रेल तृतीय हुन सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सर्वाधिक भोट प्राप्त गर्दै शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्दै १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

    साथै उत्कृष्ट १५ फोटोग्राफरहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।

    यस संस्करणमा अघिल्लो वर्षको तुलनामा पुरस्कार राशि वृद्धि गरिएको थियो। यस्ता कार्यक्रममार्फत स्थानीय व्यवसाय, उद्यमशीलता तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    यसैबिच बैंकले डिजिटल बैंकिङ सेवा विस्तार र नगदरहित कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘महालक्ष्मी माघ महोत्सव’ कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । बैंकले ग्राहकहरूलाई सुरक्षित, सहज तथा अत्याधुनिक डिजिटल बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट