logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबलाई

    आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबलाई

    858
    SHARES
    आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबलाई

    काठमाण्डौ । २५औं संस्करणको आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।



    पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो । सहाराले पछिल्लोपटक २०७० सालमा उपाधि जितेको थियो ।

    सहाराको जितमा मुकुन्द निउरेले २५औँ मिनेटमा र ताय दिनियलले ७३औँ मिनेटमा गोल गरे । उपाधि जितेको सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँ पाएको छ ।

    आहारारा गोल्डकप माघ २७ गतेबाट सुरु भएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट