logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अध्यक्ष केपी शर्मा ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो:नेकपा एमाले

    अध्यक्ष केपी शर्मा ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो:नेकपा एमाले

    1.2K
    SHARES
    अध्यक्ष केपी शर्मा ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो:नेकपा एमाले

    काठमाण्डौ। नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् ।



    ‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले रातोपाटीसँग भने, ‘पार्टीमा थप छलफल पनि गर्छौ ।’

    जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो ।

    यसैबिच शनिबार बिहान पक्राउ पुर्जी लिएर प्रहरी ओली निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविदहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको परामर्शमा ओलीले आफूलाई कानुनी आधारविना नै पक्राउ गर्न लागिएको बताएका थिए ।

    ओलीसँग संवाद गरेका कानुनविद् भट्टराईले ओलीको भनाई उद्धृत गर्दै भने, ‘यो राजनीतिक प्रतिशोधपूर्ण घटना हो । यसको म कानुनी लडाइँ लड्छु तपाईँहरू तयारी गर्नुहोस् ।’

    वरिष्ठ अधिवक्ता भट्टराईले आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट