logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • कांग्रेसले भन्यो- ओली र रमेश लेखकलाई गलत ढंगले पक्राउ गरियो

    कांग्रेसले भन्यो- ओली र रमेश लेखकलाई गलत ढंगले पक्राउ गरियो

    871
    SHARES
    कांग्रेसले भन्यो- ओली र रमेश लेखकलाई गलत ढंगले पक्राउ गरियो

    काठमाण्डौ। नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको प्रतिक्रिया दिएको जनाएको छ।



    कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाए।

    उनले भने, ‘कार्की आयोगको प्रतिवेदन अपूर्ण छ। त्यसमा पनि भदौ २३ र २४ गतेको घटनामा सरकारको व्यवहार चयनात्मक भयो। सरकारको यस्तो व्यवहार गलत छ। यसरी कानूनका प्रक्रिया समेत पालना नहुनाले न्याय पाउने प्रक्रियालाई नै गिजोल्ने देखिन्छ।’

    भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष ढंगले टुङ्ग्याउनु भन्दा पनि सरकारले थप राजनीति गर्न खोजेको देखिएको बताए। उनले दुवै दिनको घटनामा संलग्नलाई उत्तेजनामा नभई कानूनबमोजिम कारबाही हुनुपर्ने बताए।

    उनले छानबिन आयोगको प्रतिवेदन २४ गतेको घटनामा प्रवेश नै नगरेको बताए। उनले कांग्रेसले विधिको शासन स्वीकार्ने तर पूर्वाग्रहपूर्ण व्यवहार नस्वीकार्ने बताए। यद्यपि, तत्काल एमालेजस्तो आन्दोलनमा जाने भन्ने कुनै कार्यक्रम तय नभएको बताए।

    उनले भने, ‘हामी फेरी पनि प्रष्ट गर्न चाहान्छौं ९भदौ २३ गतेको घटनामा संलग्न संगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ। दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारवाही हुनुपर्छ। त्यसमा हाम्रो साथ रहन्छ। तर त्यो कारवाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ। यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्छ, देश पुनस् द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ । अतस् यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ।’


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट