logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • पूर्वप्रधानमन्त्री पक्राउपछि देशभर ‘हाई अलर्ट’, सुरक्षाकर्मीलाई बिदा रोक

    पूर्वप्रधानमन्त्री पक्राउपछि देशभर ‘हाई अलर्ट’, सुरक्षाकर्मीलाई बिदा रोक

    1.6K
    SHARES
    पूर्वप्रधानमन्त्री पक्राउपछि देशभर ‘हाई अलर्ट’, सुरक्षाकर्मीलाई बिदा रोक

    काठमाण्डौ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रमेश लेखक पक्राउ परेपछि देशभर सुरक्षा अवस्था कडा बनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले उच्च सतर्कता अपनाउँदै सम्पूर्ण सुरक्षाकर्मीलाई ‘स्ट्यान्डबाई’ अवस्थामा राखेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका हुन् ।



    बदलिँदो परिस्थतिका कारण देशभर सुरक्षा सतर्कता अपनाउँदो सुरक्षाकर्मीलाई ‘स्ट्यान्डबाई’ राखिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले बताए ।

    प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको डीआईजी काफ्लेले बताए ।
    जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ ।

    गृहमन्त्री र सुरक्षा प्रमुखहरूको छलफल
    भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि शनिबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए । पक्राउपछि नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले काठमाडौँ सहितका ठाउमा विरोध प्रदर्शन गरे । प्रदर्शनपछि गृहमन्त्रीले आईजीपी दानबहादुर कार्की र सशस्त्रका आईजी राजु अर्याल सहितका उच्च अधिकारीहरुसँग सम्भावित परिस्थितिबारे छलफल गरेका हुन् ।

     

     

    अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन भएपछि सुरक्षा रणनीति तयार गरेर देशभर उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको उनले बताए । आज काठमाडौँसहित २१ ठाउँमा एमाले र कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका छन् । काठमाडौंको बबरमहलमा प्रदर्शनमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट