काठमाण्डौ । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार १७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १३२ रुपैयाँ तोकिएको छ ।
अर्थ चाैतारी ।