काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले मंगलबार बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए।
उनीहरूलाई २०८१ वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरिएको थियो। कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।
अर्थ चाैतारी ।