logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय निरौला नियुक्त

    हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय निरौला नियुक्त

    546
    SHARES
    हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय निरौला नियुक्त

    काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ। सञ्चालक समितिमा संस्थापक शेयरधनी कम्पनीहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा हेरफेर गरिएको हो।



    ती कम्पनीहरुबाट प्राप्त पत्रका आधारमा बुधबार कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकहरु हेरफेर गरेको हो। आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालकहरुमा उदयकुमार निरौला, दिपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापालाई मनोनित गरिएको छ।

    यसैबीच सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा उदयकुमार निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। उनको नियुक्ति हिजो चैत २५ गतेबाटै लागू भएको छ।

    यसअघि कम्पनीको अध्यक्षमा शेखर गोल्छा रहेका थिए। उनले गत फागुन २५ गते अध्यक्षबाट राजीनामा दिएकोमा सञ्चालक समितिले चैत ५ गते स्वीकृति प्रदान गरेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट