logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेप्सेमा ४८ अङ्कको वृद्धि, झण्डै १० अर्बको कारोबार

    नेप्सेमा ४८ अङ्कको वृद्धि, झण्डै १० अर्बको कारोबार

    416
    SHARES
    नेप्सेमा ४८ अङ्कको वृद्धि, झण्डै १० अर्बको कारोबार

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ को विन्दुमा पुगेर बन्द भएको छ ।



    आज बजारमा तीव्र उत्साह देखिँदा कारोबार रकम पनि उच्च रहेको छ । दिनभरिमा ३३८ कम्पनीका २ करोड ७९ लाख कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक किनबेच हुँदा कुल ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । कूल २७९ कम्पनीको कारोबार भएकोमा २५१ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मात्र घटेको छ । १ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूह ३.४३ प्रतिशतले बढ्दा सबैभन्दा कम म्युचुअल फण्ड ०.१३ प्रतिशतले बढेको छ ।

    आज ८ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यसमा आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर रहेका छन् ।

    कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । यस्तै, रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल पनि सर्वाधिक कारोबार हुने उत्कृष्ट पाँच कम्पनीमा परेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट