logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नेपाल राष्ट्र बैंकको ईडीमा बढुवा भए न्यौपानो र सापकोटा

    नेपाल राष्ट्र बैंकको ईडीमा बढुवा भए न्यौपानो र सापकोटा

    637
    SHARES
    नेपाल राष्ट्र बैंकको ईडीमा बढुवा भए न्यौपानो र सापकोटा

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकको दुई निर्देशकलाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका छन् । निर्देशकद्वय हेम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशक (ईडी)मा बढुवा भएको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए ।



    मानव संसाधन व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) को विनियम ५२ तथा विनियम ६५(२) बमोजिम न्यौपाने र सापकोटालाई बढुवा गरिएको हो ।

    बढुवा भएका न्यौपाने बैंकिङ विभागमा कार्यरत छन् भने सापकोटा आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् । किरण पण्डित डेपुटी गभर्नर नियुक्त र रोशन सिग्देल उमेरहदका कारण अवकाशमा गएपछि २ कार्यकारी पद रिक्त थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट