logo

२०८३ जेष्ठ ६, बुधबार

logo
  • २०८३ जेष्ठ ६, बुधबार
  • ३७ थान राहदानीसहित एक जना विमानस्थलबाट पक्राउ

    ३७ थान राहदानीसहित एक जना विमानस्थलबाट पक्राउ

    455
    SHARES
    ३७ थान राहदानीसहित एक जना विमानस्थलबाट पक्राउ

    काठमाण्डौ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका ३८ वर्षीय अजित श्रेष्ठलाई मङ्गलबार पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। श्रेष्ठ राहदानी नम्बर १२१३४८५५ वाहक रहेको प्रहरीले उल्लेख गरेको छ।



    विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट भारतको दिल्ली जान लागेका थिए। सो क्रममा उनीसँग ३७ थान नेपाली राहदानी फेला परेको थियो।

    प्रहरीका अनुसार श्रेष्ठले कुनै आधिकारिक स्वीकृति वा सम्बन्धित निकायको पत्रबिनै ती राहदानीहरू रोमानियाको भिसा लगाउने उद्देश्यले भारत लैजान खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनापछि राहदानीहरू समेत बरामद गरिएको छ।

    प्रहरीले मानव तस्करी, वैदेशिक रोजगारी तथा राहदानी दुरुपयोगसँग सम्बन्धित कोणबाट समेत अनुसन्धान अगाडि बढाएको जनाएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा विभिन्न मुलुकको भिसा प्रक्रिया मिलाइदिने भन्दै राहदानी संकलन गर्ने गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको छ।

    नियन्त्रणमा लिइएका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट