logo

२०८३ जेष्ठ १४, विहिबार

logo
  • २०८३ जेष्ठ १४, विहिबार
  • माथिल्लो त्रिशूली–१ : बाँधको वियर गेट जडान र परीक्षण सफल

    माथिल्लो त्रिशूली–१ : बाँधको वियर गेट जडान र परीक्षण सफल

    234
    SHARES
    माथिल्लो त्रिशूली–१ : बाँधको वियर गेट जडान र परीक्षण सफल

    काठमाण्डौ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा पहिलो वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ।



    बिहीबार आयोजित विशेष कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा मन्त्रालयका सह–सचिव सागरराज गौतम र नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङको उपस्थितिमा हाइड्रो–मेकानिकलतर्फको यो महत्वपूर्ण संरचनाको परीक्षण गरिएको हो।

    नदीको पानी बहाव नियन्त्रण गरी सुरुङतर्फ मोड्ने र बाँधमा पानीको सतह कायम राख्ने तीनवटा गेटमध्ये एउटाको काम सकिएसँगै आयोजनाले थप गति लिने विश्वास गरिएको छ। कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो जलविद्युत परियोजना हो।

    हालसम्म यसको समग्र भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ। ९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काम सम्पन्न भई अहिले कंक्रिट लाइनिङ भइरहेको छ भने इलेक्ट्रो–मेकानिकल उपकरण जडानको कार्य जारी छ।

    सन् २०२४ र २०२५ को बाढीका कारण केही अवरोध भए पनि सन् २०२७ को मध्यसम्ममा आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वार्षिक १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन गर्ने यस आयोजनाले प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालसम्म २३ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। उत्पादित विद्युत त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट