logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • जेठसम्म राष्ट्रियस्तरका विकास बैंकको नाफा ६.८८ अर्ब, लुम्बिनीको नाफामा उच्च छलाङ

    जेठसम्म राष्ट्रियस्तरका विकास बैंकको नाफा ६.८८ अर्ब, लुम्बिनीको नाफामा उच्च छलाङ

    325
    SHARES
    जेठसम्म राष्ट्रियस्तरका विकास बैंकको नाफा ६.८८ अर्ब, लुम्बिनीको नाफामा उच्च छलाङ

    काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्म ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।



    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकले जेठ मसान्तसम्म कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यी बैंकको नाफा ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा विकास बैंकहरूको समग्र नाफा ३१.७८ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक अग्रस्थानमा छ भने नाफा वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि देखिएको छ।

    कसको नाफा कति?

    गरिमा विकास बैंक: चालु आवको जेठसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो। गत वर्ष गरिमाले १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो।
    मुक्तिनाथ विकास बैंक: धेरै नाफा कमाउनेमा दोस्रो स्थानमा रहेको यस बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा १ अर्ब ५ करोड १७ लाख रुपैयाँ कमाएको मुक्तिनाथको नाफा २०.२३ प्रतिशतले बढेको हो।
    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक: तेस्रो स्थानमा रहेको यस बैंकले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष ७३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको शाइन रेसुङ्गाको नाफामा ३७.9८ प्रतिशतको सुधार आएको छ।
    ज्योति विकास बैंक: समीक्षा अवधिमा यस बैंकले ८१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ८६.९९ प्रतिशतको आकर्षक वृद्धि हो।
    कामना सेवा विकास बैंक: जेठ मसान्तसम्म यस बैंकले ७५ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा कामना सेवाको नाफा १२.९३ प्रतिशतले बढेको छ।
    साङ्ग्रिला डेभलपमेन्ट बैंक: यस बैंकले समीक्षा अवधिमा ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ७.८० प्रतिशतको वृद्धि हो।
    महालक्ष्मी विकास बैंक: चालु आवको ११ महिनामा यस बैंकले ५४ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा महालक्ष्मीको नाफा २.२७ प्रतिशतले बढेको छ।
    लुम्बिनी विकास बैंक: नाफा रकमका आधारमा अन्तिम सूचीमा रहे पनि यस बैंकले वृद्धिदरमा सबैभन्दा ठूलो छलाङ मारेको छ। जेठसम्म ५२ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको लुम्बिनीको नाफा गत वर्षको तुलनामा १४२.७१ प्रतिशतले बढेको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट