logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

    988
    SHARES
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंककोआफ्नो ३८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो ।



     

    सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

     

    सो सभा मार्फत संस्थापक समूहबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट निर्वाचन बाट २ जना सञ्चालक चयन भएका छन् ।

     

    सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

     

    गत आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन। यसको अर्थ शेयरधनीहरुको हात रित्तै हुने भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १५ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट