logo

२०८३ जेष्ठ ७, विहिबार

logo
  • २०८३ जेष्ठ ७, विहिबार
  • सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस

    सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस

    364
    SHARES
    सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस

    काठमाण्डौ । सशस्त्र प्रहरी बलको अतिरिक्त प्रहरी महानिरीक्षकमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस गरिएको छ।



    बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो। अब मन्त्रिपरिषदबाट बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलको बढुवा गर्ने निर्णय गर्नेछ।

    पोखरेल हाल सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुखका रुपमा कार्यरत छन्। विशेषगरी कोशी प्रदेशमा नेतृत्व सम्हालेदेखि तस्करी नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा गोताखोर जनशक्ति उत्पादनमा खेलेको भूमिकाले उनको संगठनभित्र छुट्टै पहिचान बनेको छ।

    सशस्त्र प्रहरी संगठनभित्र पोखरेल कार्यक्षमता, नतिजामुखी नेतृत्व, तस्करी नियन्त्रणमा कठोरता र विपद् व्यवस्थापनमा सक्रिय रुपमा लागेका छन्। यही सक्रियताले पोखरेललाई एआईजी बढुवामा बाटो खुलेको हो।


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट