logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

    बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

    247
    SHARES
    बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

    काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् ।

    शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालय सञ्चालकहरूलाई बोलाइएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । बैठकमा शिक्षामा ३ प्रतिशत कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।

    छलफलमा प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालक प्रतिनिधिलाई बोलाइएको छ । प्याब्सनमा महासचिव आरबी कटुवालले शिक्षा समता करसहित समसामियक विषयमा छलफलका लागि भनेर जानकारी प्राप्त भएको बताए । उनका अनुसार हरेक संस्थाका ३/३ जना प्रतिनिधिलाई मन्त्रालयमा आउन भनिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट