logo

२०८३ साउन ७, विहिबार

logo
  • २०८३ साउन ७, विहिबार
  • जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

    जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

    221
    SHARES
    जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

    काठमाण्डौ । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम (GWM) को प्रिमियम विद्युतीय एसयूभी ‘ओरा–५’ ले बजारमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ। अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रिय स्तरको सुरक्षा रेटिङ, आकर्षक डिजाइन र प्रिमियम सुविधाहरूका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको हो।

    नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिका अनुसार सार्वजनिक भएयता देशभरका शोरुमहरूमा ग्राहकको आगमन, टेस्ट ड्राइभ र बुकिङमा उल्लेखनीय वृद्धि देखिएको छ। ओरा–५ को प्रमुख विशेषताका रूपमा यसको ‘ड्रागन आर्मर ब्याट्री’ लाई लिइएको छ, जुन जीडब्लुएमकै भगिनी संस्था ‘एसभोल्ट इनर्जी’ ले अनुसन्धान, विकास तथा उत्पादन गरेको हो।

    धेरैजसो सवारी निर्माता कम्पनीहरू तेस्रो पक्षका ब्याट्री आपूर्तिकर्तामा निर्भर रहने गरे पनि जीडब्लुएमले आफ्नै नियन्त्रणमा ब्याट्री उत्पादन गर्ने भएकाले यसको गुणस्तर, सुरक्षा र कार्यसम्पादन उच्च रहेको कम्पनीको दाबी छ। पाँच तहको सुरक्षा प्रणाली जडित यस ब्याट्रीमा आगो, पानी, ठक्कर तथा प्रतिकूल अवस्थाबाट बचाउनुका साथै अत्यधिक तापक्रम उत्पन्न हुँदासमेत यात्रु बस्ने भागबाट सुरक्षित रूपमा ताप बाहिर पठाउने प्रविधि जडान गरिएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा २०२५ लन्डन डिजाइन अवार्ड्सअन्तर्गत ‘डिजाइन अफ द इयर’ (अटोमोबाइल) बाट सम्मानित यो एसयूभीले युरो एनक्याप र एएनक्याप दुवैमा ‘फाइभ-स्टार’ सुरक्षा रेटिङ प्राप्त गरेको छ। एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरको ड्राइभिङ रेन्ज दिने यस गाडीमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस–३ स्मार्ट ककपिट, २० भन्दा बढी एडास (ADAS) फिचर, ३६० डिग्री सराउन्ड भ्यु, सेल्फ-हिलिङ पेन्ट प्रविधि, प्यानोरामिक मुनरुफ र सातवटा एयरब्याग जस्ता सुविधाहरू समावेश छन्। नेपाली बजारमा यसको मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

    भीजी इम्पेक्सका अनुसार ओरा–५ प्रति देखिएको आकर्षणले नेपाली उपभोक्ताहरू विश्वस्तरमा प्रमाणित र सुरक्षित विद्युतीय सवारीसाधनप्रति थप विश्वासिलो बन्दै गएको पुष्टि गरेको छ। विश्वका १७० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको र एक करोडभन्दा बढी सवारी बिक्री गरिसकेको जीडब्लुएमले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमै ‘हाभल जोलियन म्याक्स ईभी’ र ‘अल-न्यु हाभल एच-७’ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ७ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट