logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा ७ अंकको वृद्धि, ५ करोड २८ लाख रुपैयाँको कारोबार

    सेयर बजारमा ७ अंकको वृद्धि, ५ करोड २८ लाख रुपैयाँको कारोबार

    1.8K
    SHARES
    सेयर बजारमा ७ अंकको वृद्धि, ५ करोड २८ लाख रुपैयाँको कारोबार

    काठमाण्डौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १९ सय ७६ अंकसम्म पुगेको थियो । तर, केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकिएको हो ।



     

    यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको सेयर स्थिर छ भने १२६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ ।

     

    परिसूचक ७ अंकले बढेको दिन आज वित्त समूहमा ०.४४ अंकले घटेको छ । यसबाहेक, अन्य सबै समूहको सूचकमा सुधार आएको छ । जीवन बीमा समूहमा ५५ अंकको सुधार आउँदा व्यापार समूहमा ३० अंकको र होटेल र टुरिजम समूहको सूचकमा २९ अंकको सुधार आएको छ ।

     

    आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरैले कारोबार भएको छ । यो कम्पनीको सेयर आज ५ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो । आज नेप्सेमा समग्रमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ हजार ३२ कित्ता सेयर किनबेच भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट