काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भने ९ दशमलब ४४ अंकले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलब ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ को विन्दुमा कायम भएको हो ।
आज शेयर बजारमा दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैँया बराबरको कारोबार भएको छ । तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शेयर ६६ हजार ५ सय ५९ पटक किनबेच भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १८१ वटाको बढेको छ भने ५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.४, युनाइटेड अजोडको ७.४, दोर्दीखोलाको ६.९, युनियन हाइड्रोपावरको ५.७, कर्णाली विकास बैंकको ५.६, त्रिशुली जलविद्युतको ४.९ प्रतिशत मूल्य बढ्यो ।
अर्थ चाैतारी ।