logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से आज २६.८१ अंकले घट्यो, ३ अर्ब ८ करोड बढिको कारोबार

    नेप्से आज २६.८१ अंकले घट्यो, ३ अर्ब ८ करोड बढिको कारोबार

    676
    SHARES
    नेप्से आज २६.८१ अंकले घट्यो, ३ अर्ब ८ करोड बढिको कारोबार

    काठमाण्डौ। नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक आइतबार २६.८१ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेर १९७९.०२ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ उपसमुहको सेयरमूल्य बढेको छ भने ११ उपसमुहको सेयरमूल्य घटेको छ ।



     

    कुल ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

     

    बोठलर्स नेपाल (बालाजु) का लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

     

    समाज लघुवित्त, मोलुङ हाइड्रोपावर कम्पनी, साम्लिङ पावर कम्पनी, बलेफी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.५६ प्रतिशत र ९.२१ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट