logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नबिल बैंकको साधारणसभामा लाभांस सहित मर्जरको प्रस्ताव पेश गरिने

    नबिल बैंकको साधारणसभामा लाभांस सहित मर्जरको प्रस्ताव पेश गरिने

    1.7K
    SHARES
    नबिल बैंकको साधारणसभामा लाभांस सहित मर्जरको प्रस्ताव पेश गरिने

    काठमाण्डाै । नबिल बैंकले २०८१ मङ्सिर २७ गते साधारणसभा गर्ने भएको छ। बैंकको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले मङ्सिर २७ गते राष्ट्रिय सभा गृहमा साधारणसभा गर्ने निर्णय गरेको हो।



    बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। बैंकले सभामा मर्जरको प्रस्ताव पनि लैजाने भएको छ ।

    बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

    यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव

    १) सञ्चालक समितिको प्रतिवेदन २०८०/८१ पारित गर्ने ।

    २) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

    ३) यस बैंकका सहायक कम्पनीहरू नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र नविल स्टक डिलर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

    ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ साल आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हुने रकम रू. २,७०,५६,९९,६७२.९३ (अक्षेरेपी दुई अर्ब सत्तरी करोड छपन्न लाख उनान्सय हजार छ सय बहत्तर र पैसा त्रियान्नब्बे) नगद लाभांश (कर सहित) वितरण स्वीकृत गर्ने । ५) आ.व. २०८१/८२ (२०२४ / २५ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

    ६) साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन गर्ने तथा सञ्चालक समितिले संस्थापक सेयरधनी श्री आईएफआईसी बैंक पीएलसी, बंगलादेशको तर्फबाट मनोनित श्री सइद मन्सुर मुस्तफालाई सञ्चालक नियुक्त गरेको निर्णय स्वीकृत गरी अनुमोदन गर्ने ।

    विशेष प्रस्ताव
    १) नियमावलीको नियम ३१(२) र ३१ (४) मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने तथा संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

    २) नविल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न / गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्न, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

    ३) आ.ब. २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ (१) को प्रयोजनका लागि अनुमोदन गर्ने ।


    अर्थ चाैतारी
  • सोमबार, ३ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट