logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • खानी खोला हाइड्रोपावरको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न

    खानी खोला हाइड्रोपावरको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न

    1.4K
    SHARES
    खानी खोला हाइड्रोपावरको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा बुधबार धुम्र बाराह भेन्यु, धुम्बाराहींमा सम्पन्न भएको छ ।



    कम्पनीका अध्यक्ष विज्ञय मान शेरचनको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ ।

    भव्य र सभ्यरुपले सम्पन्न सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ ।

    साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ । साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो भनाई राखेका थिए ।


    अर्थ चाैतारी
  • बुधबार, ३० माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट