logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थप

    ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थप

    2K
    SHARES
    ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थप

    काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ का इकाइ खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ।



    यो योजनाअन्तर्गतक इकाइहरु गत असार २२ गतेबाट बिक्री खुला गरिएको छ। यस योजनाको निष्कासन बन्द छिटोमा आज असार २६ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, माग बमोजिम आवेदन नपरेका कारण साउन ४ गतेसम्म निष्कासन अवधि थप गरिएको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

    कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकका रहेको यस योजनाका १० अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक ग्लोलब आइएमई क्यापिटललाई १.५ प्रतिशत वा १८ लाख इकाइ तथा कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई १३.५ प्रतिशत वा १ करोड ६२ लाख इकाइ सुरक्षित गरएको छ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

    यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा आवेदन पेस गर्न सकिनेछ। यो बन्दमुखी योजना हो। यो योजनाको अवधि १० वर्ष रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट