logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विदेशमा रहेका नेपालीहरुका लागि एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

    विदेशमा रहेका नेपालीहरुका लागि एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

    2.2K
    SHARES
    विदेशमा रहेका नेपालीहरुका लागि एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

    काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीका लागि विद्युतीय माध्यमद्वारा सेयर बजारसम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको छ।



    माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देश्यका साथ क्यापिटलले गत असार १७ गते यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा एनआईबिएल एस क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकका स्वेदश तथा विदेशमा रहेका पदाधिकारीको साझेदारीमा त्यहाँ उपस्थित सहभागीहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएको थियो।

    उक्त कार्यक्रममार्फत विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेबारे पनि जानकारी गराइएको छ।

    कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह–सुझावसमेत प्राप्त भएको र भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने क्यापिटलले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट