logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसीटीभी स्टकमा

    अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसीटीभी स्टकमा

    2K
    SHARES
    अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसीटीभी स्टकमा

    काठमाण्डौ । नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ ।



    कम्पनीले घर, अफिस, टोल-बस्ती, स्कुल कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउनेछ। नेपाली ग्राहकको माग र रोजाइका आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जनाएको छ।

    हाल आयात गरिएका सीसीटीभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेड्युल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन वा रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन टेक्नोजोलीसहित आवाज रेकर्डिङ गर्नसक्ने विशेष सुविधाहरु रहेका छन्।

    त्यसैगरी मानिस तथा सवारी साधानको आवत जावत तथा चहलपहल मात्र रेकर्डिङ गर्ने फोर के रियल टाईम फिचर भएको, हाईवेहरुमा उपयुक्त हुने पीटीजेडलगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रङ पत्ता लगाउने भेईकल मेटा डाटा, मानिसहरुले मास्कलगायत पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरिएको कम्पनीले जनाएको छ।

    ग्राहकले माग गरेको अवस्थामा उनीहरुको आवश्यकता र सुबिधाअनुसारका दाहुवाको सीसी क्यामराहरु उपलब्ध गराइने कम्पनीको भनाइ छ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट