logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

    समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

    819
    SHARES
    समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

    काठमाण्डौ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।



    अर्याल र घिमिरेलाई काठमाण्डौबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए ।

     

    गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परेका थिए । त्यस्तै, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट