logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सडकमा ग्राभेल बिच्छयाउँदा झुट्टा बिल भरपाई भरेर २२ लाख बढी भ्रष्टाचार

    सडकमा ग्राभेल बिच्छयाउँदा झुट्टा बिल भरपाई भरेर २२ लाख बढी भ्रष्टाचार

    949
    SHARES
    सडकमा ग्राभेल बिच्छयाउँदा झुट्टा बिल भरपाई भरेर २२ लाख बढी भ्रष्टाचार

    काठमाण्डौ । सडकमा ग्राभेल बिच्छ्याउँदा २२ लाख ९ हजार ८ सय २३ रुपैँया ४० पैसा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झापास्थित झापा गाउँपालिकामा लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर सडकमा गाभ्रेल विच्छाउँदा गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको थियो । गाउँपालिकाको वडा नं. ३, ६ र ७ स्थित ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजना कार्यमा फिल्डमा अनुगमन/निरीक्षण नै नगरि नापी किताबमा चढाईएर झुट्टा बिल भरपाई बनाइ कार्यसम्पन्न प्रतिवेदन गरेर उक्त रकम भ्रष्टाचार गरेको आरोप आयोगको छ ।



     

    आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, सव–इन्जिनियर विज्ञान चम्लागाँई, उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल , कोषाध्यक्ष शान्ता देवी सुब्बा (राई) भन्ने शन्तमाया सुब्बा लिम्बु, झापा गाउँपालिकाका अध्यक्ष बहालवाला अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, गाउँपालिका – ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर वानिया, वडा ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा ३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

     

    ११ जनामध्ये अधिकांशको भूमिका फरक फरक रहेको आयोगले जनाएको छ । यो समूहले अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य भएर पनि फिल्डमा गएर अनुगमन नगरेको र उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेको अरोप आयोगको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिन आएकोले कैद र जरिवाना मागदाबी लिएर विशेषमा आरोप पत्र दायर गरेको जानकारी आयोगका प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले दिए ।


    अर्थ चाैतारी
  • बुधबार, २७ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट