logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • साताको अन्तिम कारोबार दिन सेयरबजार ८.७१ अंकले ओरालो, साढे ५ अर्बको कारोबार

    साताको अन्तिम कारोबार दिन सेयरबजार ८.७१ अंकले ओरालो, साढे ५ अर्बको कारोबार

    1.3K
    SHARES
    साताको अन्तिम कारोबार दिन सेयरबजार ८.७१ अंकले ओरालो, साढे ५ अर्बको कारोबार

    काठमाण्डौ । सेयरबजारमा आज ८.७१ अंकको गिरावट देखिएको छ। सूचक घटेर २०४९.२८ विन्दुमा आए पनि कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ।



    साताको अन्तिम कारोबार दिन ५ अर्ब ५८ करोडको सेयर खरिदबिक्री भएको हो। योसँगै १ करोड ६० लाख कित्ता सेयर बिक्री भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १२८ कम्पनीका सेयरधनीले गुमाउनुपरेको छ।

     

    आज ५ वटा कम्पनीको सेयरमा कुनै फेरबदल नभएको नेप्सेले जनाएको छ।बजारमा आज कालिका पावर, सिनर्जी हाइड्रोलगायतका सेयरधनीले १० प्रतिशत हाराहारीमा कमाएका छन् भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मन्दाकिनी हाइड्रो लगायतका सेयरधनीले धेरै गुमाएका छन्।

    आज पनि सोनापुर मिनरल्सको सर्वाधिक ३३ करोडको सेयर कारोबार भएको छ भने दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको १९ करोडको कारोबार भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट