logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शेयर बजार ३६.५७ अङ्कले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार

    शेयर बजार ३६.५७ अङ्कले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार

    1.6K
    SHARES
    शेयर बजार ३६.५७ अङ्कले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार

    काठमाण्डौ । शेयर बजार आज सोमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।



     

    आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ ।

     

    आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिदरबिक्री भएको छ ।

     

    आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट