logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शेयर बजार २०.६२अङ्कले बढ्यो, ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच

    शेयर बजार २०.६२अङ्कले बढ्यो, ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच

    637
    SHARES
    शेयर बजार २०.६२अङ्कले बढ्यो, ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।



     

    आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।

     

    बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ । आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राको आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

     

    आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट