logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आज नेप्से ५४.५४ अंकले बढ्यो, ८ अर्ब बढिको कारोबार

    आज नेप्से ५४.५४ अंकले बढ्यो, ८ अर्ब बढिको कारोबार

    585
    SHARES
    आज नेप्से ५४.५४ अंकले बढ्यो, ८ अर्ब बढिको कारोबार

    काठमाण्डौ । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५४ अंकले बढेको छ । शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५४ अंकले बढेर २,१७५ दशमलव १७ को विन्दुमा कायम भएको छ ।



     

    आज २१४ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, निफ्राको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज बुटबल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन र नेपाल वेयरहाउजीङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ज्योति विकास बैंक वण्डका इकाईधनीले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट