logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से आज १२.१० अङ्कले घट्यो, ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार

    नेप्से आज १२.१० अङ्कले घट्यो, ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार

    1.2K
    SHARES
    नेप्से आज १२.१० अङ्कले घट्यो, ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार

    काठमाण्डौ । हिजो ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेको छ । नेप्से आज १२.१० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । दिउँसो १ बजे २ हजार २ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो ।



     

    आज बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

     

    आज इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

     

    आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।


    अर्थ चाैतारी
  • बुधबार, ३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट