काठमाण्डौ । सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २५.६३ अंकले घटेको सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ ।
यसदिन ६४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ४१ अंकले घटेर ३८६ दशमलव २० को विन्दुमा पुगेको छ ।
दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे। यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो।
अर्थ चाैतारी ।