काठमाण्डौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलबार सेयर बजार ०.४० अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा झिनो अंकमा झरेको छ । आज ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ ।
यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । कारोबार रकममा आज भने ३२ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडमा खुम्चियो ।
होटल तथा पर्यटन समूहमा भने चमक देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशतले बढ्यो । आज ६ समूहको सूचक घट्दा ७ समूहको सूचक भने बढेको छ ।
बैंकिङ ०.४२, हाइड्रोपावर ०.५८, जीवन बीमा ०.६६, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.१३ र ब्यापार समूह ०.८६ प्रतिशत घटे । अन्य ०.५६, निर्जीवन बीमा ०.७३, लगानी ०.३६, फाइनान्स ०.२८ र विकास बैंक समूह ०.०७ प्रतिशत बढे ।
अर्थ चाैतारी ।