logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से आज १०.२५ अंकले घट्यो, ३ अर्ब ८९ करोड ७० लाख २२ हजार बराबरको कारोबार

    नेप्से आज १०.२५ अंकले घट्यो, ३ अर्ब ८९ करोड ७० लाख २२ हजार बराबरको कारोबार

    1.5K
    SHARES
    नेप्से आज १०.२५ अंकले घट्यो, ३ अर्ब ८९ करोड ७० लाख २२ हजार बराबरको कारोबार

    काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से आज १०.२५ अंकले घटेको छ । नेप्से १०.२५ अंकले घटेर परिसूचक २०८८ दशमलव शून्य ४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।



    सेयर बजारको गिरावटले निरन्तरता पाएको हो । साताको चौथो कारोबारदिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ । बुधवार बैंकिङ्ग समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ। यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।

    बजारमा आएको निरन्तरको गिरावटसँगै कारोबार रकम पनि खुम्चिँदै आएको छ । आज ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता बराबरको सेयर कारोबार भएको छ ।

    हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १० माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट