logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से आज १० दशमलव २६ अङ्कले बढ्यो, ४ अर्ब ५६ करोड ६५ लाखको कारोबार

    नेप्से आज १० दशमलव २६ अङ्कले बढ्यो, ४ अर्ब ५६ करोड ६५ लाखको कारोबार

    1.2K
    SHARES
    नेप्से आज १० दशमलव २६ अङ्कले बढ्यो, ४ अर्ब ५६ करोड ६५ लाखको कारोबार

    काठमाण्डौ । आज शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ ।



    आज एक करोड २३ लाख २२ हजार कित्ता शेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।आज हिजोको भन्दा कारोबार रकम बढेको छ ।

     

    आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ । आज युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेको छ ।

     

    आज सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्योरेन्सको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैया बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । यसपछि दोस्रोमा न्यादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख ५६ हजार ७१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, १५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट