logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सूर्यज्योति लाइफले गर्यो घातक रोग वापत १४ लाख ५५ हजार भुक्तानी

    सूर्यज्योति लाइफले गर्यो घातक रोग वापत १४ लाख ५५ हजार भुक्तानी

    624
    SHARES
    सूर्यज्योति लाइफले गर्यो घातक रोग वापत १४ लाख ५५ हजार भुक्तानी

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले घातक रोग वापत मोरङको धनपालथान–६ मा बस्दै आएका राकेश कुमार राजवंशीलाई उपचार खर्च हस्तान्तरण गरेको छ । कम्पनीले बीमा सम्झौता बमोजिम राजवंशीलाई १४ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको हो ।



    बीमित राजबंशीकै घरमा पुगेर शाखा प्रबन्धक कबिराज दाहाल नेतृत्वको टिमले घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । हाल कोरोनरी आर्टरीको उपचारको क्रममा रहेका राजबंशीले सूर्यज्योति लाइफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले उपचारको लागि ठूलो राहत पाएको बताएका छन् । उनले अब उक्त रकमले मुटुको भल्बको शल्यक्रिया गर्ने र बाँकी रकम बचेको खण्डमा लगानी गर्ने समेत जानकारी दिएका छन।

     

    जीवन बीमाबाट मृत्युमा मात्र नभइ घातक रोगमा समेत रकम प्राप्त गर्दा आफुलाई उपचारमा राहत पुगेको उनले बताएका छन् । १८ महिना पहिले १४ लाख ५५ हजार बीमाङ्कको घातक रोग सुविधा सहितको बीमा पोलिसी ८० हजारमा खरिद गरेको र सोही ३५ घातक रोग सम्झौता नम्बर ३२ मा कोरोनरी आर्टरी समस्या प्रमाणित भएकोले उपचार खर्च बापत भुक्तानी गरिएको सूर्यज्योतिका शाखा प्रबन्धक कबिराजले जानकारी दिए।

    सूर्यज्योति लाइफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत अधिकतम ५० लाखसम्म दावी भुक्तानी गर्ने गर्दछ।


    अर्थ चाैतारी
  • सोमबार, १५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट