काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो । आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लिखा ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
.
आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले, होटल तथा पर्यटन समूह १.५९ प्रतिशतले र हाइड्रोपावर समूह १.४७ प्रतिशतले बढेको छ ।
.
बाँकी समूह १ प्रतिशत कमले बढ्दा बैंकिङ समूह ०.१७ प्रतिशत, फाइनान्स झिनो प्रतिशतले, माइक्रोफाइनान्स ०.३० प्रतिशतले र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
.
आज चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको रु ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।
अर्थ चाैतारी ।