काठमाण्डौ । गत साउनदेखि पुस मसान्तसम्ममा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । पछिल्लो ६ महिनासम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आफन्तको उद्धारका लागि भन्दै गत ६ महिनामा ६ सय ९० वटा उजुरी परेका छन् । उजुरीमध्ये ३ सय ६२ फर्छ्यौट भएका छन् । जसबाट १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । बैदेशिक रोजगार विभागका अनुसार ती उजुरीको आधारमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १ सय ७२ जनाले क्षतिपूर्ति पाएका छन् । उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ भने १ तामेलीमा राखिएको विभागले जनाएको छ ।
विभागमा अनुसार मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १ सय ३० उजुरी परेका छन् । जसमा १ सय ९१ मिलापत्र गराइएको छ भने ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ । विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका छन् । जसमा ६५ उजुरीमा मिलापत्र गराइएको छ । भने ९२३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको विभागले जनाएको छ ।
अर्थ चाैतारी ।