logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गैंडाकोट नगरपालिकाले गर्यो स्थानीय समिति गठन

    दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गैंडाकोट नगरपालिकाले गर्यो स्थानीय समिति गठन

    1.5K
    SHARES
    दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गैंडाकोट नगरपालिकाले गर्यो स्थानीय समिति गठन

    काठमाण्डौ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌को महिला, शान्ति र सुरक्षा सम्बन्धि प्रस्ताव नं १३२५ र १८२० अन्तर्गत दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गैंडाकोट नगरपालिकामा स्थानीय समिति गठन गरिएको छ ।



    नगर प्रमुख मदनभक्त अधिकारीको संयोजकत्वमा दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय समिति गठन गरिएको हो । जसको सह–संयोजक नगर उप–प्रमुख शान्ति कोइराला, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, शैक्षिक प्रशासन शाखा प्रमुख डा. बालकृष्ण चापागाईँ, योजना तथा अनुगमन प्रमुख लिलाधर शर्मा, स्वास्थ्य तथा सामाजिक विकाश शाखा प्रमुख देवेन्द्र गौतम, सामाजिक विकास समितिको संयोजक रत्नप्रसाद सापकोटा, न्यायिक समितिको सदस्य द्रोण वन सन्यासी, कार्यपालिका महिला सदस्य कमला आचार्य, द्वन्द्व प्रभावित क्षेत्रमा कार्यरत सामाजिक संस्था विजय विकास स्रोत केन्द्रका न्यायका लागि साहस ३.० परियोजना संयोजक नर्मदा पाण्डे, द्वन्द्व पीडित महिला जिल्ला सञ्जाल नवलपुरले सिफारिस गरेका दुई जना (तत्‌कालिन विद्रोही र राज्य पक्ष) उषा सापकोटा र देवकी मिश्र, जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी र वडाध्यक्ष मध्येबाट दुईजना सदस्य मधुकर मल्ल र सुरेन्द्र रेग्मी रहने गरी समिति बनेको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिए ।

    यो समितिले नगरपालिकामा रहेका द्वन्द्वकालीन लैङ्गिक तथा यौनजन्य हिंसाका पीडित तथा प्रभावित महिलाको पहिचान गर्ने, खण्डीकृत तथ्याङ्क सहितको लगत विवरण तयार गर्ने, गोपनीयता र सुरक्षा लगायतको पक्ष सुनिश्चित हुने गरी लगत विवरण अनुसारको सूचनालाई हिंसाको प्रकृतिको आधारमा तथ्याङ्क तयार गर्ने , प्राप्त तथ्याङ्क विवरणबाट द्वन्द्वकालीन यौनजन्य हिंसा पीडित तथा प्रभावित महिलाको छुट्टै सूची तयार गर्ने, प्रभावित महिलाको तत्कालीन र दीर्घकालीन आवश्यकता पहिचान गर्ने, पहिचान गरिएका अत्यावश्यकीय स्वास्थ्य सम्बन्धी समस्याको तत्काल उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्था वा निकायमा सिफारिस गर्ने, माग भएका आवश्यकतालाई तत्कालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा वर्गीकरण गर्ने, तत्कालीन तथा दीर्घकालीन आधारमा वर्गीकरण गरिएका आवश्यकता बमोजिमको योजना तथा कार्यक्रम तयार पार्ने लगायतका काम गर्नुपर्ने हुन्छ । साथै सो का लागि आवश्यकता अनुसार विषय विज्ञको सहयोग लिन सकिने र सो बमोजिमको कार्ययोजनामा उल्लिखित कार्यक्रम स्थानीय तहको वार्षिक योजनामा समावेश गर्न सिफारिस गर्ने लगायतका काम गर्नुपर्ने दोस्रो राष्ट्रिय कार्ययोजना आव२०७९–८०,२०८१–८२ मा उल्लेख रहेको छ ।

    यस अघि नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌को महिला, शान्ति र सुरक्षा सम्बन्धि प्रस्ताव नं १३२५ र १८२० को अन्तर्गत दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गैंडाकोट नगरपालिकाले स्थानीय उप–समिति गठन गरेको थियो ।

    यसैबीच विजय विकास स्रोत केन्द्रले न्यायका लागि साहस ३.० परियोजना अन्तर्गत रहेर गैंडाकोट नगरपालिकालाई नमूना नगरपालिका बनाउने उदेश्यले द्वन्द्व प्रभावितको तथ्याङ्क संकलन, अभिलेखीकरण र डिजीटलाइजेसनका लागि गैंडाकोट नगरपालिकासँग प्राविधिक सहकार्य र सहयोग गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट