logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • रक्तदाता अर्जुन मैनालीले गरे आत्महत्या

    रक्तदाता अर्जुन मैनालीले गरे आत्महत्या

    936
    SHARES
    रक्तदाता अर्जुन मैनालीले गरे आत्महत्या

    काठमाण्डौ । दुई सय छ पटक रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या गरेका छन् ।



    भाडामा लिएको गाडी बन्द गरेर जलेर मृत्यु भएको अवस्थामा अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको उनका निकटतम पुरुषोत्तम ढकालले फेसबुकमा एक पोष्ट गर्दै जानकारी दिएका छन् ।

    मैनालीले आज बिहान फेसबुकमा स्टाटस लेख्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् ।

    रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्ध मैनाली अमेरिका बस्दै आएका थिए । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । मैनालीले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, २९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट